• TELEPHONE 9841543430
  • EMAIL ADDRESS ecrnepal@gmail.com
  • ADDRESS Pulchowk, Lalitpur

कम्पनी दर्ता पश्चात गर्नुपर्ने कार्यहरु

१. सम्बन्धित स्थानीय निकायमा दर्ता गराउनु पर्ने

कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भए पश्चात उक्त कम्पनीले निज कम्पनीको रजिस्टर्ड कार्यालय भएको स्थानीय निकाय अथवा वडा कार्यालयमा व्यवसाय दर्ता गराउनु पर्नेछ | साथै उक्त कम्पनीको घर बहाल कर समेत उक्त वडा कार्यालयमा तिर्नु पर्ने हुन्छ |

दर्ताका लागि आवश्यक कागजात :

  • कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि
  • घर बहाल सम्झौता
  • कम्पनीको संस्थापकको नागरिकताको प्रतिलिपि

२. स्थायी आयकर लेखा (PAN अथवा VAT) नम्वर लिनुपर्ने

कम्पनीले अनुमती वा इजाजत लिनु पर्नेमा लिई आफ्नो व्यवसाय शुरु गर्नु भन्दा अगाडि नै सम्वन्धित आन्तरिक राजस्व कार्यालय अथवा करदाता सेवा कार्यालयवाट अनिवार्य रुपमा व्यापारिक स्थायी लेखा नम्वर (Business PAN) मा दर्ता गर्नुपर्दछ ।

दर्ताका लागि आवश्यक कागजात :

  • कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • कम्पनीको प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि
  • अनलाईन प्यान दर्ता फारम
  • कम्पनीको संस्थापकको नागरिकताको प्रतिलिपि
  • कम्पनीको संस्थापकको व्यक्तिगत स्थायी लेखा नम्वर (Personal PAN) को प्रतिलिपि

३. कम्पनी संस्थापना भएको ३ महिना भित्र कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाउनु पर्ने विवरण

  • कम्पनीको रजिस्टर्ड कार्यालयको ठेगानाको जानकारी
  • संचालक समितिको गठन, संचालकहरुको दफा ९२ को विवरण समेत
  • कम्पनीको तत्काल जारी पुंजी बराबर शुरु शेयर बाडफाडको निर्णय
  • चालु आ.ब. को लागि लेखापरीक्षक नियुक्तिको जानकारी

४. आर्थिक वर्ष सकेको ६ महिना भित्र कम्पनी रजिस्ट्रारको कार्यालयमा बुझाउनु पर्ने विवरण

  • गत आ.व. को लेखापरिक्षण प्रतिवेदन र चालु आ.व.को लेखापरीक्षकको नियुक्तिको जानकारी
  • संचालक समितिको तर्फबाट तयार कम्पनीको वार्षिक प्रतिवेदन
  • साधारण सभा बोलाउने सम्बन्धी संचालक समितिको निर्णय
  • वार्षिक साधारण सभाको निर्णय
  • दफा ५१ को विवरण
  • संचालक लगत
  • पब्लिक र मुनाफा वितरण नगर्ने कम्पनीको हकमा दफा ७८ को विवरण

कम्पनी रजिस्ट्रारको कार्यालयमा कम्पनीहरुले पेश गर्नु पर्ने विवरणहरु तोकिएको समयावधि भित्र पेश नगरेमा जरिवाना लाग्दछ |

समयमै आफ्नो कम्पनीबाट बुझाउनु पर्ने विवरण बुझाई जरिवाना तिर्नबाट जोगिऔं, जरिवाना तिर्नु व्यवसायिक दक्षता होइन |

Easy Company Registration Nepal

Fast, Reliable & Affordable.

Register Now

नयाँ कम्पनी दर्ता गरि आफ्नो व्यवसाय संचालन गर्ने सोचमा हुनुहुन्छ ? तलको फारम भर्नुहोस ।

Fill up online Form

Contact Us

+977 9841543430
+977 9823819922

 Pulchowk, Lalitpur

Connect with Us

Visit our Facebook Page