• TELEPHONE 9748301062
  • EMAIL ADDRESS ecrnepal@gmail.com
  • ADDRESS Pulchowk, Lalitpur

कम्पनी भनेको के हो ?

कम्पनी : उद्योग व्यवसाय गर्न चाहने व्यक्ति वा समूहले कम्पनी ऐन, २०६३ अनुरुप प्रा.लि. तथा प.लि. को रुपमा संस्थापन गरेका अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्थालाइ बुझिन्छ । यसले व्यक्तिसरह चल अचल सम्पत्ति प्राप्त गर्न, राख्न, वेचविखन गर्न वा अन्य किसिमले व्यवसाय गर्न सक्छ साथै यसले आफ्नो नामबाट नालिस उजुर गर्न सक्छ ।

कम्पनीका प्रकारहरु :

प्राइभेट कम्पनी : कम्पनी ऐन, २०६३ बमोजिम संस्थापित बढीमा ५० जनासम्म शेयरधनीहरुको कम्पनी हो साथै एकल शेयरधनी भएको कम्पनी पनि प्राइभेट कम्पनी अर्न्तर्गत पर्दछ ।

पव्लिक कम्पनी : कम्पनी ऐन, २०६३ बमोजिम संस्थापित कम्पनीमध्ये प्राइभेट कम्पनीबाहेकको कम्पनी हो जसमा कम्तीमा ७ जना संस्थापक रहनु पर्ने र चुक्ता पूजी कम्तीमा रु.१ करोड भएको हुनुपर्दछ ।

मुनाफा वितरण नगर्ने कम्पनी : कुनै उद्येश्य प्राप्तीको लागी आर्जित मुनाफा वा वचत गरेको रकमबाट लाभांस वा अन्य कुनै रकम सदस्यहरुलाइ वितरण वा भुक्तानी गर्न नपाउने गरी कम्पनी ऐन, २०६३ बमोजिम संस्थापित कम्पनी हो जसमा कम्तीमा ५ जनासम्म संस्थापक रहने र यस्तो कम्पनीले आफ्नो नामको पछाडि सामान्यतया कम्पनी लिमिटेड वा प्रा.लि. जस्ता शव्दहरु लेखिरहनु पर्दैन ।

कम्पनी दर्ता हुने निकाय कुन हो ?

माथि उल्लेखित सम्पूर्ण प्रकारका कम्पनीहरु नेपाल सरकारको उद्योग मन्त्रलाय अन्तर्गत कम्पनी रजिस्ट्रारको कार्यालय, त्रिपुरेश्वरमा दर्ता हुन्छ |

स्रोत : कम्पनी रजिस्ट्रारको कार्यालयको अधिकारिक वेबसाइटबाट

Easy Company Registration Nepal

Fast, Reliable & Affordable.

Register Now

नयाँ कम्पनी दर्ता गरि आफ्नो व्यवसाय संचालन गर्ने सोचमा हुनुहुन्छ ? तलको फारम भर्नुहोस ।

Fill up online Form

Contact Us

+977 9748301062
ecrnepal@gmail.com

 Pulchowk, Lalitpur

Connect with Us

Visit our Facebook Page